दफा ७
प्रतिष्ठानको मूल्याङ्कन प्रक्रिया
(१) कुनै प्रतिष्ठानको निजीकरण गर्दा सो प्रतिष्ठानको मूल्याङ्कन सम्बन्धी कार्य समितिले स्वदेशी विशेषज्ञहरूको टोली वा आवश्यक परे स्वदेशी र विदेशी विशेषज्ञहरूको संयुक्त टोलीबाट गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम विशेषज्ञहरूकोटोलीले प्रतिष्ठानको मूल्याङ्कनसम्बन्धी कार्य गर्दा प्रतिष्ठानको सम्पत्ति, शेयरको बजार मूल्य, प्रतिष्ठानले गर्दै आएको नाफा नोक्सानी, प्रतिष्ठानले भविष्यमा गर्न सक्ने उत्पादन, बिक्री, नाफा नोक्सानीहरूलाई आधार लिई गर्नु
पर्नेछ ।